रुकुम पश्चिममा जिप दुर्घटना, २२ घाइते
SamacharDesk | २०८० मङ्सिर ४, सोमबार

रुकुम पश्चिममा आज एका विहानैजिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
लु १ ज २२९७ नम्बरको जिप सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
उता हिजो मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएकाको छ ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका धारापानीका १२ बर्षिय बालक अर्पण लामा र सोही ठाउँकी बर्ष ४० की तुल्मा लामाछन् ।
जनकपुरबाट शैक्षिक भ्रमणका लागि कन्याम आएर झापातर्फ फर्कदैं गरेको ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना भएको थियो ।
बस सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा बसमा रहेका अन्य ३५ जना घाइते भएका छन् । घाइतेहरुको झापामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था भने गम्भीर रहेको बताईएको छ ।
Categorized in समाज