arin enterprises

जितेन्द्र रसिकको ‘हनुमानको करामत’ बालकथा सार्वजनिक

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ५, बिहिबार

संचारकर्मी साथै बाल साहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ ।

बाल चित्रकथा कृति इटर्नल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

उक्त चित्रकथामा बाल मनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथा उठान गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई प्रस्तुत गरिएको छ ।

कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र राम विच भएका गतिविधिको चित्रण गरिएको छ ।

कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयवस्तुबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाई छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इटर्नल प्रकाशनले जनाएको छ ।

पुस्तकको मूल्य १५५ रुपैयाँ रहेको छ  ।

‘हनुमानको करामत’ रसिकको  १३ औं कृति हो । यसअघि बाल साहित्यतर्फ विभिन्न कृतिहरुको साथै उपन्यास, गीत, गजल, कविता लगायत विविध विधामा उनको पुस्तक प्रकाशित भइसकेको छ ।

Categorized in पेजथ्री