पाकिस्तानको समर्थन गर्दा जागीर गयो गएको
SamacharDesk – बिराज | २०७८ कार्तिक ९, मंगलबार

आइतबार सम्पन्न भारत र पाकिस्तानबीचको क्रिकेट म्याचमा पाकिस्तानको जीतमा खुसी जनाउँदा भारतको उदयपुरमा एक शिक्षकलाई जागीरबाट निकालिएको छ ।
पाकिस्तानको जीतपछि खुसी व्यक्ति गर्दै उदयपुरको खेलगाउँस्थित नीरजा मोदी स्कूलकी शिक्षिका नफीसा अटारीले पाकिस्तानकाे जीतमा सामाजिक संजालमा खुसी जनाउँदा उनलाई जागीरबाट निष्कासन गरिएको हो ।
उनले पाकिस्तानकाे जीतपछि पाकिस्तानी खिलाडिहरुको फोटोको साथमा ह्वाट्सएपमा we won लेखेकी थिइन् । नफीसाको यो स्टाटस पछि उनलाई स्कूलले निष्कासन गरेको हो ।
स्कूलबाट नफिसालाई दिइएको निष्कासन पत्रमा कारण भने खुलाइएको छैन ।
ह्वाट्सएपमा नफीसाले यो स्टाटस अपडेट गरेपछि एक अभिभावकले उनलाई ‘के तपाईँ पाकिस्तानको समर्थक हो ?’ भनी सोधेका थिए । उत्तरमा उनले हो भनेकी थिइन् ।
यसपछि भने नीरजा मोदी स्कूलकी शिक्षिकाले पाकिस्तानलाई समर्थन गरेको उक्त स्टाटस भाइरल नै बनेको थियो ।
नफिसाकाे स्टाटसकाे विषयमा पूरै उदयपुरमा आक्रोशको माहौल बनेको थियो । सामाजिक संजालमा सार्वजनिक रुपमा पाकिस्तानलाई समर्थन गर्ने शिक्षिकाले कक्षा कोठामा विद्यार्थीहरुलाई कस्तो खाले शिक्षा दिँदैछिन् भन्ने प्रश्नसमेत उठाइएको थियो ।
Categorized in स्पाेर्ट्स