arin enterprises

जोशी समाज पुरुषोत्तम महात्म्य वाचन कार्यक्रमः भिडियो रिपोर्ट

जोशी समाज केन्द्रीय समितिको आयोजनामा अहिले ललितपुर शंखमूलस्थित महामृत्युञ्जय घाटमा अहिले पुरुषोत्तम महिनाको अवसरमा पुरुषोत्तम महात्म्य कथा वाचन, पूजापाठ र भजन कीर्तन कार्यक्रम जारी छ ।

गत श्रावण २ गते मंगलबारबाट सुरु भएको कार्यक्रम आउँदो श्रावण ३१ बुधबारसम्म चल्नेछ । कार्यक्रमको क्रममा हरेक दिन अपरान्ह ३ बजेदेखि ६ बजेसम्म पुरुषोत्तम महात्म्यको कथा वाचन, पूजापाठ र भजन कीर्तन गर्ने गरिएको छ ।

हरेक वर्षमा १२ महिना हुने गर्दछ । तर लगभग ३ वर्षको एक पटक भने एक महिना बढि भई १३ महिना हुन आउने गर्दछ । यहि बढि हुन आएको महिनालाई पुरुषोत्तम मास, मलमास, अधिकमास भनिन्छ ।

यस महिनामा ठुलठुला धार्मिक अनुष्ठान, पूजा, कुनै नयाँ कामको थालनी आदि गरिन्न । तर यस महिनामा पुरुषोत्तम महात्म्यको कथा श्रवण, भगवान नारायणको पुरुषोत्तम स्वरुपको आराधना गर्ने गरेमा ठुलो पुण्य पाउने जनविश्वास रहेको छ ।

यो पनि पढ्नुहोलाः शंखमूलमा पुरुषोत्तम महात्म्य वाचन कार्यक्रम जारी