arin enterprises

पत्रकार साथै तामाङ चलचित्रकर्मी दिपेन्द्रको निधन

SamacharDesk – बिराज | २०७९ चैत्र १२, आइतबार

मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ । आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक सदस्य समेत रहेका तामाङको शनिवार निधन भएको हो ।

तामाङलाई ब्रेन स्ट्रोकपछि उपचारको लागि ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा तामाङको निधन भएको हो ।

स्वर्गीय तामाङले विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरिसकेका छन् । तामाङले साहित्यमा समेत कलम चलाएका छन् भने तामाङ चलचित्रमा अभिनयको साथै निर्देशन समेत गरेका छन् ।

तामाङको बौद्ध धर्म परम्पराअनुसार सोमवार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने परिवार श्रोतले जनाएको छ ।

हाल उनको शवलाई बौद्धस्थित गुम्बामा राखिएको छ भने अन्तिम श्रद्धान्जलीको लागि भोलि सोमवार बिहान ९ बजेदेखि ११ बजेसम्म राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

काभ्रेका स्वर्गीय तामाङको परिवारमा श्रीमति, एक छोरी र एक छोरा रहेका छन् ।

Categorized in पेजथ्री