arin enterprises

आज जुलाई ११ – विश्व जनसंख्या दिवस

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

आज ११ जुलाई विश्व जनसंख्या दिवस । कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको बेला यो वर्षको विश्व वातावरण दिवस आज पर्न आएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । 

विगतमा विभिन्न कार्यक्रम गरेर मनाइने यो दिवस यस वर्ष कोरोना महामारीका कारण प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सामाजिक संजालमार्फत यस दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा संयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो । सन् १९८९ बाट नेपाल सहित एक सय ८९ राष्ट्रले हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व जनसंख्या दिवस मनाउन थालेको थियो ।  

यस बर्षको दिवसको नारा ‘कोभिड १९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ भन्ने रहेको छ ।

अहिले विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७२ लाख ६१ हजार ५ सयको हाराहारीमा छ । विश्वको सबैभन्दा बढि जनसंख्या रहेको देश चीनमा एक अर्ब ४३ करोड ९४ लाख ९२ हजार बढि छ रहेको छ भने भारतमा एक अर्ब ३८ करोड ४ लाख १८ हजार ३ सय बढि जनसंख्या रहेको छ ।

त्यसैगरी संयुक्त राज्य अमेरीकामा ३३ करोड १० लाख ६१ हजार ५ सय ६९ जनसंख्या पुगेको छ । नेपालको जनसंख्या भने २ करोड ९१ लाख ३६ हजार ८ सय ८ रहेको छ ।

Categorized in राष्ट्रिय