arin enterprises

रोनाल्डोको गोलसँगै युभेन्टस विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ९, मंगलबार

इटालियन सिरि ‘ए’ मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो ।

बोलोग्नाको घरेलु मैदान रेनाटो डल्लाअरा स्टेडियमा भएको यो खेलमा युभेन्टसले दुवै गोल पहिलो हाफमै गर्यो । 

२३ औं मिनेटमा पाएको पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई पहिलो गोल दिए । 

खेलको ३६ औं मिनेटमा पाब्लो डिबालाले युभेन्ट्सका लागि दोस्रो गोल गरे । 

दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल २–० को नतिजासहित युभेन्टसको पोल्टामा पर्यो ।

खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा डानिलोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदानवाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

लिगको अंक तालिकामा युभेन्ट्सको २७ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । 

लागियोले बुधबार चौथो स्थानको एटलान्टासँग खेल्दैछ ।

रोनाल्डोले २२ गोल गरिसकेका छन् । साथै ३५ वर्षीय रोनाल्डोले युभेन्ट्सका लागि गरेको गोल संख्या ४३ पुर्याएका छन् । गएको सिजनमा उनले २१ गोल गरिसकेका छन् ।

 

Categorized in स्पाेर्ट्स