arin enterprises

ज्याःपुन्हि र मेघरमल्हार राग

चन्द्रमानको दिन गणना अनुसार जेष्ठ शुक्ल पुर्णिमाको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

यस दिनमा ललितपुरको ऐतिहासिक दरवार क्षेत्र मंगलबजारमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनको लागि कृष्ण मन्दिरको पेटीमा प्रदर्शनीमा राखिन्छ ।

त्यस्तै राजा सिद्धिनरसिंह मल्लबाट रचित विभिन्न ३२ वटा दाफा भजन गाउने गरिन्छ । यी ३२ वटा दाफा भजनमध्ये केही भजनहरु मेघमल्हार रागमा आधारित रहेको र सो राग गाउँदा पानी पर्ने जनविश्वास रहि आएको छ ।

यसै सम्बन्धमा ललितपुर मंगलबजारस्थित मणिकेशव नारायण र कुम्भेश्वर मन्दिरका समेत मूल पूजारी रहेका माधवश्याम शर्माको विचार यस भिडियोमा प्रस्तुत गरिएको छ ।