arin enterprises

लकडाउनमा म्युजिक सिंगिंग स्टार प्रतियोगीता हुँदै

SamacharDesk – बिजयरत्न | २०७८ जेठ २२, शनिबार

लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो साँगितिक प्रतिभा उजागर गर्न आव्हान गर्दै गायन प्रतियोगीताको आयोजना भएको छ ।

ज्योति म्युजिकले ज्योति सिंगिंग स्टार कन्टेस्ट नामबाट साँंगितिक प्रतियोगीताको आयोजना गरेको हो । नेपालभाषा र नेपाली भाषाको गीतको अलग अलग प्रतियोगीता हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा प्रतियोगीहरुबाट गत जेष्ठ १३ गतेबाट गीतहरुको इन्ट्रि लिन शुरु भइसकेको छ । तीन वा चार चरणमा प्रतियोगीता भई विजेताको छनौट गरिने आयोजक संस्थाका सदस्य अमोघवीर बज्राचार्यले जानकारी दिनुभयो ।

१३ वर्ष माथिकाले सहभागीता जनाउन पाइने प्रतियोगीतामा अनुभवी निर्णायकहरुबाट विजेता छनौट गरिने बताइएको छ ।

प्रतियोगीताको बारेमा सम्पूर्ण जानकारी र सूचनाहरु ज्योति म्युजिकको अफिसियल फेसबुक र इन्स्टाग्राम पेजमा अपलोड गरिने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगीतामा सहभागी हुन ज्योति म्युजिकको पेज र युट्युब च्यानल अनिवार्य लाइक, फलो र सब्सक्राइब गर्नुपर्ने नियम पनि रहेको छ ।

प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीको सोलो गीत रेकर्ड गरिदिनुका साथै टप ६ प्रतियोगीहरुको गीतको म्युजिक भिडियोसमेत ज्योति म्युजिकबाटै निर्माण गरिदिने बताइएको छ ।

आउँदो जेठ २७ गतेसम्ममा आफ्नो गीत इन्ट्रि गराउन आयोजकले आह्वान गरेको छ ।

Categorized in पेजथ्री