ज्यापु दिवसको अवसरमा सुकुन्दा र्याली
SamacharDesk | २०८१ मङ्सिर २५, मंगलबार

यही मंसिर ३० गते हुने ज्यापू दिवसको अवसरमा शनिबार सुकुन्दा र्याली निकालियो ।
ज्यापू संस्कृति विकास कोषको आयोजनामा भइरहेको ज्यापू दिवस यो वर्ष पनि भव्य रुपमा मनाउनका लागि दिवस पूर्व उक्त र्यालीको आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा वतु टोलको संयोजनमा निकालिएको थियो । र्यालीले काठमाडौंको भित्रि ऐतिहासिक सडकहरुको परिक्रमा गरिएको थियो ।
यो वर्ष ल्यायम्ह धिमे पुचः तथा वतु नाटेश्वर मिसा पुचःको संयुक्त आयोजनामा ज्यापु दिवस मनाउन लागिएको छ ।
आउँदो ३० गते यःमरी पुर्णिका दिन विहान र्यालीको आयोजना गरी र्यालीले नगर परिक्रमा गरी बसन्तपुर पुगेर सभाको आयोजना हुने भएको छ ।
उक्त अवसरमा ज्यापु समाजमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई उच्च सम्मान गरी दिवस मनाउने तयारी रहेको छ । ज्यापू दिवसमा प्रधानमन्त्री केपी आलीको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।
Categorized in समाज