arin enterprises

अमेरिकाबाट आयो होली गीतको म्युजिक भिडियो

SamacharDesk – विजयरत्न | २०७७ चैत्र ९, सोमबार

होलीलाई रसरङ्ग र उमङ्गको उत्सव मानिन्छ भने  नेपालको सांगितिक क्षेत्रमा होलीको बेग्लै महत्व रहँदै आएको छ ।

यसै क्रममा होलीकै अवसर पारेर प्रवासमा रहँदै आउनु भएकी गीतकार कमला न्यौपानेले रचना गर्नुभएको नयाँ गीत ‘होली रङ्ग होली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहँदै आएका नेपालीहरुद्वारा सन्चालित युट्युब च्यानल नौलो डिजिटलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार न्यौपानेको यस होली गीतलाई गायिका मेलिना राई र अनुप रेग्मीले स्वर दिएका छन् भने अमेरिकामा रहँदै आएका संगीतकार येदिन गजमेरले संगीत दिनुभएको छ ।

म्युजिक भिडियोको छायाँकन बुद्ध थापाले गरेका छन् भने दृश्य सम्पादन बिकास दाहाल र निर्देशन प्रकाश धितालको रहेको छ । जीवन भट्टराई, कमल सिंह  र रिचा थापाको अभिनय रहेको छ ।

गीतकार कमला न्यौपानेले यस अघि एकल रचनामा साँगितिक एल्बम ‘तरङ्ग’ बजारमा ल्यासकेकी छन् । साहित्यकारका रुपमा पृथक पहिचान बनाउनु भएकी कवयत्रि न्यौपाने गीतको साथमा मुक्तक, गजल र कविताहरु पनि कोर्ने गर्छिन् ।

Categorized in पेजथ्री