arin enterprises

कञ्चनपुरमा परेको पानी इतिहासकै बढी वर्षा मापन

SamacharDesk | २०८१ आषाढ २६, मंगलबार

कञ्चनपुरमा गत आइतबार र सोमबार भएको वर्षा नेपालको ईतिहासकै बढी भएको जल तथा मौसम विज्ञान विभागल जनाएको छ ।

असार २४ गते बिहान कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाको मापन अहिलेसम्मकै उच्च रेकर्ड भएको विभागले जनाएको छ ।

कञ्चनपुरको दोधारा केन्द्रमा गत आइतबार र सोमबार ६२४ मिलिमिटर बर्षा मापन भएको र यो अहिलेसम्मकै बढी भएको विभागले जनाएको छ ।

यस्तै कञ्चनपुरकै हनुमाननगर  केन्द्रमा ५७३ दशमलव ६ मि.मि. र सुन्दरपुर केन्द्रमा ५५५ दशमलव ८ मि.मि. वर्षा मापन भएको पनि विभागले जनाएको छ ।

उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७ साल साउन २९ गते हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६ दशमलव २ मि.मि. वर्षा मापन गरिएको पनि विभागले जनाएको छ ।

गत आइतबार र सोमबार मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकास भएको र उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय भई अरब सागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा समिश्रण भएर अति भारी वर्षा भएको पाइएको विभागको भनाइ छ ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082