arin enterprises

केनको ह्याट्रिकमा बार्यन विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १९, आइतबार

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार बार्यनले बोरुसिया डर्टमण्डमाथि ४–० को जित निकालेको हो ।

बायर्नलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । डेयोट उपामेकानोको हेड गोलमार्फत पाहुना टोलीले चौथों मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

त्यसको पाँच मिनेटपछि केनले गोल गर्दै बार्यनलाइ पहिलो हाफमा दोब्बर अग्रताले अघि राखे ।

त्यसपछि७२ औं मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

टोटेनहमका पूर्व फरवार्डले यस समरमा बार्यन आएपछि तेस्रो ह्याट्रिक पुरा गरेका हुन् ।

उनले १० बुन्डेसलिगा खेलमा १५ गोल गरेका छन् ।

योसँगै डर्टमण्डले यस सिजन पहिलो लिग खेलमा हार ब्यहोरेको हो ।

तालिकामा बायर्न २६ अंक सहित दोस्रो स्थानमा छ भने डर्टमण्ड २१ अंक सहित चौथों स्थानमा छ ।

Categorized in स्पाेर्ट्स