कर्मा चलचित्रको रिलिज डेट घोषणा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७८ फाल्गुण २, सोमबार

लामो समयको पर्खाईपछि नेपालभाषाको चर्चित चलचित्र कर्म रिलिज हुने भएको छ । गुण फिल्म्सको ब्यानरमा निर्मित चलचित्र आउँदो फागुन १४ गते रिलिज हुन लागेको हो ।
चलचित्रका निर्देशक रामकृष्ण खड्गीले आजै आफ्नो सामाजिक संजालको भित्तामा चलचित्रको प्रमो सार्वजनिक गर्दै चलचित्र रिलिजको मिति घोषणा गरेका हुन् ।
निर्देशक खड्गीले सोही पोस्टमार्फत आउँदो फागुन १४ गतेबाट गुण सिनेमा हलमा चलचित्र प्रदर्शन हुने जानकारी गराएका हुन् ।
यस अघि चलचित्र रिलिजको लागि गत माघ १ गतेको मिति तय भएको थियो । र तत्कालीन समयमा कोभिड संक्रमणको बढ्दो अवस्थालाई हेरेर स्थगित गरिएको थियो ।
चलचित्रमा चर्चित कलाकार कर्मा शाक्य, आशिष्मा नकर्मी, मदनकृष्ण श्रेष्ठ, नारायणदेवी श्रेष्ठको साथमा अन्नपूर्णेश्वरी श्रेष्ठ, कृष्णभक्त महर्जन, यमन श्रेष्ठ, लूनिभाः तुलाधरलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको कथावस्तु विमलो भन्तेले सुनाउनुभएको वौद्ध जातक कथामा आधारित छ ।
Categorized in पेजथ्री