‘कस्तो हो यो माया’ क्यानडाबाट सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिजयरत्न | २०८१ आश्विन २१, सोमबार
क्यानडाबाट नेपाली गीत ‘कस्तो हो यो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।
‘हाउडे’ लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापाले उक्त गीतको म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । अभिनेता तथा निर्माता थापाकै युट्युब च्यानलमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
अहिले क्यानडामा बस्दै आएका चलचित्र निर्माता तथा अभिनेता थापाले रोजगारको लागि देश छोड्नुपरे पनि आफ्नो कला, संस्कृति र माटोको लागि केही गर्नुपर्छ भन्ने सन्देश दिने क्रममै यो म्यूजिक भिडियो निर्माण गरेको बताए ।
‘रोजिरोटीको लागि संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो देशको माटो, कला, संस्कृतिको माया हुनेले बचेको समयको सदुपयोग गर्दै आफ्नो विधागत क्षेत्रमा केही गर्नुपर्छ । म पनि कुनै न कुनै रुपबाट कला क्षेत्रमा सक्रिय छु र सक्दो गरिरहनेछु’ थापाले भने ।
क्यानडाको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोको निर्देशन हेरुका लामाले गरेका छन् । गीतमा ईश्वर थापा र फरिता खड्काले अभिनय गरेका छन् ।
ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् ।
Categorized in पेजथ्री