काठमाडौंमा चार दिन लोडसेडिङ हुने
SamacharDesk | २०८१ बैशाख ५, बुधबार

नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा केही समय विद्युत कटौती हुने जनाएको छ ।
प्राधिकरणले बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार छन् ।
उल्लिखित सव स्टेशनबाट वितरण भइरहेका स्थानहरुमा आज विहान विहान ८ बजे देखि दिउँसो २ बजेसम्म विजुली जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टरलाई नयाँ कन्डक्टर बदली गरी मर्मत कार्य गर्न लागिएकोले बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय