arin enterprises

विश्वमै सबैभन्दा बढी प्रदूषित सहर काठमाडौं

SamacharDesk | २०८० बैशाख ३, आइतबार

आईक्यु एयरले हिजो सार्वजनिक गरेको सुचकांक अनुसार काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी प्रदूषित शहर बनेको छ ।

वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका १ सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं सवैभन्दा प्रदुषित शहरको पहिलो नम्बरमा परेको हो ।

हिजो साँझ काठमाडौंको एक्युआई सुचकांक २०२ रहेको थियो । वायु प्रदूषणका हिसाबले काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने थाइल्यान्डको चियाङमाई तेस्रो स्थानमा रहेको छ ।

सवैभन्दा ढबी जनघनत्व रहेको बंगलादेशको राजधानी ढाका पाँचौं स्थानमा परेको छ । काठमाडौंको वायु प्रदूषणको अवस्था मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक चरणमा पुगेको पनि आइक्यु एअरको भनाइ छ ।

काठमाडौंमा वायु प्रदूषणको मूख्य कारकमा धुलो देखिएको छ भने नयाँ दिल्लीमा सवारी साधनले फाल्ने धुवाँ कारक देखिएको छ ।

उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्थाले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई समस्यामा पार्ने पनि बताइएको छ ।

Categorized in राष्ट्रिय