arin enterprises

काठमाडौं अझै प्रदूषित, मास्क लगाउन अनुरोध

SamacharDesk | २०८१ बैशाख १८, मंगलबार

काठमाडौंमा वायु प्रदूषण दिनदिनै अग्रस्थानमा पर्दैआएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाउन आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौंको हावा यतिबेला विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेकोले त्यसबाट जोगिन अनिवार्य मास्क लगाउन सुझाएको छ ।

मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ ।

विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स–र्यागकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ। वायु प्रदुषणले मानव जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर गर्दछ । 

वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्या।उनुका साथै दम, क्यान्सर आदिको जोखिम बढाउने बताइन्छ ।

वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुने चिकित्सकहरु बताउँछन् । यसका साथै प्रदूषणका कारण नेपालमा बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन्।यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङ्क छ।

गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ।

Categorized in राष्ट्रिय