arin enterprises

काठमाडौं महानगरभित्र सूर्तिजन्य पदार्थ विक्रीवितरण गरेमा कारबाही

SamacharDesk | २०८० मङ्सिर २८, बिहिबार

काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी विहीबारदेखि सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

महानगरपालिकाले मंसिर २८ गते बिहिबारदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ, कच्चा सुर्ती खैनी, गुट्खा, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने चेतावनी दिनुभयो ।

सूर्तिजन्य पदार्थ बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिनुभएको छ ।

सूर्तिजन्य पदार्थको बिक्री रोक्न महानगरपले सादा पोशाकका नगर प्रहरीको टोली परिचालन समेत गर्ने भएको छ । पहिलो चरणमा अनुगमनका लागि ५० जना नगरप्रहरी परिचालन गरिने प्रवक्ता मानन्धरले बताउनुभयो ।

यस्तै सार्वजनिक स्थलको एक सय मिटर वरपर चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाइएको छ । सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए एकसय रुपैयाँसम्म जरिवाना गरिने पनि उहाँले बताउनुभयो ।

महानगरपालिकाले यस अघि प्लास्टिकका झोला तथा प्लास्टिकजन्य पदार्थको बिक्री रोक्ने घोषणा गरेकोमा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

Categorized in स्थानीय