arin enterprises

कात्तिक नाचको मुख्य अंश नृसिंह अवतार गाथा देखाइयो

SamacharDesk – राम डंगोल | २०८० मङ्सिर १०, आइतबार

कार्तिक नाच शुरु भएको ८औं दिन नृसिंह अवतारको गाथा शनिबार प्रस्तुत गरिएको छ ।

प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।

यो नाच मल्लकालीन राजा सिद्धनरसिंह मल्लले ३८३ वर्षअघि सुरु गर्नुभएको मानिन्छ ।

मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो ।

वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।

यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ ।

शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गर्नुभएको थियो । तर पछि सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गरेको बताइन्छ ।

त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्ने गरी थालनी गरिएको बताइन्छ ।

 एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विभिन्न कारणले गर्दा नाच विभिन्न समयमा घटबढ भएपनि बन्द भएको इतिहास भने छैन ।

कोरोनाको संक्रमणकाल समेत दुई दिन भए पनि देखाइएको यो नाच यो वर्ष २ गते सुरु भएको थियो भने भोली सोमबार दधि लीला प्रदर्शन पश्चात् समापन हुनेछ ।

कार्तिक नाच शुरुमा ‘बाथः प्याखँ’ बाट शुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।

तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच शुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ ।

यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर-विषमज्वर युद्ध, महादेव-कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ ।

Categorized in संस्कृति