काभानी ३ खेलका लागि प्रतिवन्धित
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिन्सन काभानी तीन खेलका लागि प्रतिबन्धित भएका छन् । सामाजिक सन्जालमा जातीय विदेभ हुने किसिमका सामग्री पोस्ट गरिएको भन्दै ३३ वर्षीय उरुग्वेली काभानीलाई तीन खेलमा प्रतिवन्धको साथमा एक लाख पाउन्ड जरीवाना समेत गराइएको हो ।
काभानीले इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको भन्दै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले तीन खेलको प्रतिबन्धसँगै १ लाख पाउन्ड जरिवाना गराएको हो ।
योसँगै काभानीले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेलका साथै इएफएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध खेल गुमाउने भएका छन् ।
नोभेम्वर २९ मा साउथह्याम्टनमाथि ३–२ को जित निकाल्ने क्रममा काभानीले दुई गोल गरेका थिए । सो खेलपछि काभानीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उक्त पोस्ट गरेका थिए ।
यद्यपि, आफ्नो पोस्ट विवादमा आउने वित्तिकै उनले पोस्ट डिलिट गरेर माफी समेत मागीसकेका छन् ।
एफएको नियमअनुसार उनी ६ भन्दा बढी खेलमा प्रतिबन्धि हुनसक्थे । तर तत्कालै पोस्ट हटाएर आफ्नो गल्ती स्वीकारेकोले प्रतिबन्ध केही कम भएको एफएले जनाएको छ ।
Categorized in स्पाेर्ट्स