भक्तपुरको “खःमेय् ब्वाकेगु जात्रा” सम्पन्न
SamacharDesk – Ram Dangol | २०८० कार्तिक ७, मंगलबार
महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा सोमबार सम्पन्न भएको छ ।
वडा दशैंको महानवमीको दिन नवदुर्गा देउताको खःमेय् जात्रा हुने गर्दछ । महानवमीका दिन त्रिपुरासुन्दरी देवी प्रकट भएर नवदुर्गा भवानीको रुप लिई महिषासुरको वध गर्ने मान्यता रहेको छ ।
उक्त खःमेय् (राँगा)लाई नवदुर्गा देउता घरमा राख्दा जाँड खुवाएर, शरीरमा अविर डलेर कुडाउने गर्दछ ।
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह)बाट दौडाएर ब्रह्मायणी पीठसम्म पु¥याइन्छ ।
नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता रहेको छ ।
खःमेय्को स(साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी वनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ ।
त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।
Categorized in संस्कृति