१९८५ मिटरको उचाइमा अवस्थित खाँडादेवीको मन्दिर (फोटो फिचर)
१९८५ मिटरको उचाइमा अवस्थित खाँडादेवीको मन्दिर धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान हो । आन्तरिक तथा वाह्य पर्यटनको लागि धार्मिक तथा प्राकृतिक दुवै तवरले नेपालको पर्यटनमा बलियो सम्भावना बोकेको स्थान भएको देखिन्छ । यस क्षेत्रलाई विकास तथा प्रचारप्रसार गर्न सके यहाँका वासिन्दाहरुको जिवनस्तर उकास्ने बलियो आधार बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । खाँडादेवी गाउँपालिका–७, रामेछापमा रहेको यस मन्दिर शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायत तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । सहकर्मी देवेन्द्र महर्जनले रामेछाप भ्रमणका अवसरमा कैद गरेको मन्दिरको रमणीय दृष्य ।
