arin enterprises

मृगौलाका बिरामी महिलालाई ठग्यो

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

भक्तपुरमा मृगौलाको समस्याले पिडित एक महिलाबाट २ जना अज्ञात व्यक्तिले सुन तथा नगद ठगेर लगेका छन् ।

भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका १ की ४५ वर्षीया महिलाबाट ती व्यक्तिहरुले सुन र नगद ठगेको हो ।

मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ती महिलाबाट २ तोलाको सुनको १ जोर रिङ र नगद ३ हजार रुपैयाँ ठगीएर लगेको हो ।

२ जना अज्ञात व्यक्तिहरुले सुन जस्तो देखिने पहेँलो धातु देखाई फकाई ती महिलाले लगाएको उक्त सुन र नगद ठगी गरी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले ठगी गर्ने व्यक्तिहरुको खोजी गरीरहेको बताइएको छ ।

Categorized in अपराध