स्व. राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै
SamacharDesk | २०७९ पौष १४, बिहिबार
आज पुस १४ गते स्व। राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट आजको अर्थात् पुस १४ गते जन्मिनु भएको हो । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।
स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ ।
Categorized in राष्ट्रिय