टुँडिखेलमा साकेला नाचको रौनक
SamacharDesk | २०८१ जेठ २६, शनिबार

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ १० गते उभौली परेको थियो। यो पर्व प्रत्येक वैशाख पूर्णिमादेखि एक महिनासम्म भव्य रुपमा मनाउने गर्छन् ।
उभौलीकै अवसरमा शनिबार काठमाडौँको टुँडिखेलमा किराती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला सिली नृत्य गरेका छन्।
किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ। यो पर्वको अवसरमा साकेला सिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ।
साकेला सिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ। किरातहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि बर्षेनी बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमामा मनाउँने गर्छ ।
यसैगरी बालीनाली पाकेपछि पनि खुसीयाली मनाउने गरिन्छ । यस पर्वलाई चाहि उधौली भन्ने गरिन्छ, जो मंसिरे पूर्णिमामा पर्छ । यस पर्वमा साकेला नाच नाच्दै रमाइलो गरिन्छ ।
शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले पूजा गरेपछि सृष्टिकर्ता र प्रकृतिको पूजा गरेमा सबैको कल्याण हुन्छ भन्ने मान्यता छ ।
Categorized in राष्ट्रिय