arin enterprises

कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष मालीको निधन

SamacharDesk – बिराज | २०७७ चैत्र ३०, सोमबार

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । मष्तिष्कघातका कारण उनको आइतबार साँझ निधन भएको हो ।

उनलाई मष्तिष्कघात भएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार गरिँदै थियो । उपचारकै क्रममा साेही अस्पतालमा उनको मृत्यु भएको हो ।

अन्तिम श्रद्धान्ललीका लागि उनको शव आज कीर्तिपुर नगरपलिका भवन अगाडी राखिने नगर प्रमुख रमेश महर्जनले जानकारी दिनुभएको छ । अन्तिम श्रद्धान्जली पछि शवलाई नगर परिक्रम गराइ अन्तिम संस्कार गरिने महर्जनले बताउनुभयो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका माली कीर्तिपुर गथुप्याखंका गुरु पनि थिए ।

Categorized in स्थानीय