arin enterprises

असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण

SamacharDesk | २०८० भाद्र ११, सोमबार

ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो समयदेखि गुठी संस्थान र असन कोथुननी विच चलेको विवादबारे सत्यतथ्य जानकारी लिन भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कोथुननीको निरीक्षण गरेका छन् ।

स्थानीय सजिव बज्राचार्यका अनुसार वायु देवता गुथी उल्लेख भएको गुथी संस्थानको नाममा दर्ता पूर्जा रहेको साढे आठ आना जग्गामा घर बनेको छ ।

स्थानीय बासिन्दाले त्यस घरमा विराजमान ५०० वर्षभन्दा पुरानो अमिताभ बुद्धको प्रतिमा र अन्य पुरातात्वीक सामाग्रीहरुलाई प्रमाणको रुपमा पेश गरी अशोक बृक्ष बिहारको नाममा परिचय दिन खोजेको घरमा ६० सालको राजनीतिक अस्थिरताको फाइदा उठाइ छुट गुथियारले नीजि रैकर गुठीजग्गाको नक्कली पुर्जा बनाइ नक्शा पास गरी व्यवसायिक भवन बनाउन एकजना जग्गा दलाललाई जिम्मा लगाएपश्चात देखि स्थानीय जनताले बिरोध गर्दै आइरहेको थियो ।

स्थानीयहरुले क्वथुननीलाई निजीकरण गर्न खोज्नेहरुलाई कारबाहीको माग गरेको छ । क्वथुननीको पूर्जामा छुट गुथियारहरुलाई पनि सम्मलित गराई २५ वर्षका लागि भाडामा दिने सम्झौता भएकोले गुठी संस्थान समेत हात भएको संघर्ष समितिका सदस्यहरुको आरोप छ ।

स्थानीय बासिन्दाले सम्पदा मासेर ब्यवसायिक भवन बनाउन नहुने भनी लामो समयदेखि बिरोध जनाउँदै आएपनि सुनवाइ नभइरहेको अवस्थामा मन्त्रीको फिल्ड निरिक्षण गरेपश्चात अनियमित काम गर्नेलाई कारवाही हुने आशा पलाएको बज्राचायले बताए ।

यसै विच मन्त्री श्रेष्ठ चौधरीले काठमाडौं महानगरपालिका वडा १९ स्थित स्ववासीहरुको अवस्थाबारे पनि जानकारी लिएका छन ।

काठमाडौको सभ्यताको बिकासक्रमदेखि नै बसोबास गर्दै आएका स्थानीय स्ववासीहरुले हालसम्म जग्गाधनीपुर्जा नपाएकोले विभिन्न समस्या भोग्नुका साथै राज्यबाट पाउनुपर्ने न्युनतम सुविधाबाट समेत वञ्चित हुदै आएको बारे मन्त्रीलाई पीडितहरुले बताएका थिए ।

सदियौ देखि बसोबास गर्दै आएको आधारमा उनीहरुलाई जग्गाधनीपुर्जा दिनुपर्ने र यसका लागि अधिकारसम्पन्न आयोग गठन गरी निवेदन दर्ता र छानबिनको काम राज्यले अगाडी बढाउनुपर्ने पनि माग गरिएको छ ।

Categorized in समाज