फिल्म खेल्दै केपी ओली
SamacharDesk | २०८० माघ १४, आइतबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फिल्म देखिने भएको छ । पूर्वप्रधानमन्त्री केपी ओली फिल्म ‘नमेटिने घाउ’ मा पनि देखिने भएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रममा सहभागी हुँदै ओलीले यस चलचित्रको शुभमुहूर्त गरेका हुन् ।
फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुने छन् ।
फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।
एसिड आक्रमणपछिको दृश्यमा भने मुस्कानकै अभिनय रहने निर्माता टोलीले जनाइएको छ । फिल्मका लागि खातुनले केही समयदेखि अभिनय सिकेको र उनको फिल्म निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले समेत सहयोग गरेको छ ।
यस्तै एसिड आक्रामण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने भएकी छन् ।
आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरीसकेकी गौतमले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् ।
फिल्मको निर्देशन अभिनेता रमित ढुङ्गानाले गर्नेछन् ।
Categorized in पेजथ्री