arin enterprises

प्रधानमन्त्री ओलीले सांसदरुको जवाफ दिने

SamacharDesk | २०८१ श्रावण ७, सोमबार

आज बस्ने प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको प्रत्यक्ष रुपमा जवाफ दिनु हुनेछ । प्रतिनिधिसभा निमयावली बमोजिम प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

Categorized in राजनीति