arin enterprises

काठमाडौं क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

SamacharDesk | २०७९ मङ्सिर ६, मंगलबार

गत आइतबार सम्पन्न आमनिर्वाचनको मत गणनाको परिणाम धमाधम आउने क्रम जारी छ ।

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेका थिए ।

श्रेष्ठले जनताको मायाले चुनाव जितेको बताएका छन् । निर्वाचित भएपछि श्रेष्ठले जनताको माया र सद्भावबाट विजयी भएको बताए। उहाँले यो निर्वाचनमा देशले जितेको हो। यो निर्वाचनमा सुरुवातदेखि सहयोग गर्ने सबैमा धन्यवाद दिन्छु ।

देशभरीको परिणाम उत्साहजनक बताए । निर्वाचितपश्चात श्रेष्ठले जनताले विश्वासका साथ मलाई चुनेको छ, जनताको समस्या सम्बोधनमा कटिवद्ध भएर लाग्ने बताए ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म ६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले ४ ठाउँमा जित हात पारेको छ भने नेकपा एमालेले दुई स्थानमा विजयी भएको छ ।

Categorized in राष्ट्रिय