कृष्ण जन्माष्टमी पर्व धूमधामसँग मनाईंदै
SamacharDesk | २०८० भाद्र २०, बुधबार

आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
आज भगवान श्रीकृष्णको दर्शन गर्न, पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्ने ललितपुरको पाटन कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरुमा भीड लागेको छ ।
Categorized in संस्कृति