arin enterprises

कृष्णमन्दिर ३८५ वर्ष पूरा

SamacharDesk – समाचार डेस्क | २०७८ फाल्गुण २९, आइतबार

आजबाट कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको छ ।

ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको अवसरमा आज वर्षवर्द्धन पूजा गरिएको छ ।

वर्षवर्द्धन पूजाको क्रममा विष्णुसहस्रनाम आहूतिसहितको कुशकण्डिका होम र विष्णुरुद्री सम्पन्न गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले जानकारी दिएका छन् ।

यसका साथै, मन्दिरभित्र स्थापित कृष्ण, रुक्मिणी र सत्यभामा लगायत सबै देवीदेवताहरूको नयाँ वस्त्र पनि फेरिएको जानकारी पनि दिए ।

शिखरशैलीको यो मल्लकालीन ढुंगे मन्दिर राजा सिद्धिनरसिंह मल्लले ने.स ७५७ (वि.सं. १६९३)मा बनाउन सक्काएको इतिहास पाइन्छ ।

आज, अर्थात् फाल्गुन शुक्ल दशमीका दिन राजा सिद्धिनरसिंह मल्लका दीक्षा गुरु विश्वनाथ उपाध्यायले मन्दिरको अगाडि कोट्याहूति गरी कृष्ण मन्दिरको प्रतिष्ठा गरेको मन्दिरबाहिरको शिलालेखमा उल्लेख छ ।

Categorized in संस्कृति