कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान विजयी
SamacharDesk – बिराज | २०८१ मङ्सिर १७, सोमबार

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।
आइतवार सम्पन्न उप निर्वाचनमा डंगोल ५ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत प्राप्त गरे । तेश्रो स्थानमा परेका नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाए ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत पाएका थिए ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । गत २०८१ साउन १० गते नकर्मीको मृगौला रोगका कारण निधन भएपछि यहाँ उप निर्वाचन गरिएको हो ।
Categorized in स्थानीय