arin enterprises

काठमाडौं १०औं प्रदुषित सहरको सूचीमा

SamacharDesk | २०८१ कार्तिक २७, मंगलबार

विश्वकू प्रदुषित सहरको शीर्ष १०औं स्थानमा नेपाल परेको छ ।

आईक्यू एयरका अनुसार काठमाडौंको आज विहानको हावाको गुणस्तर अस्वस्थ रहेको जनाएको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ ।

आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । त्यहाँ एक्यूआई ७ सय ७३ रहेको छ ।

जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई ३ सय ११ रहेको छ ।

कंगोको किनसासा, उज्बेकिस्तानको तास्केन्त, भियतनामको हानोई, इजिप्टको कायरो, बहराइनको मानामा, बोस्निया हर्जगोविनाको साराजेभो र भारतको मुम्बई प्रदुषित शहरको सूचिमा परेकाछन् ।

Categorized in स्थानीय