arin enterprises

सामाखुसीमा महानगरको डोजर चल्यो

SamacharDesk | २०८० जेठ २६, शुक्रबार

काठमाडौं महानगरपालिकाले अवैध संरचन हटाउने क्रममा सामाखुसीमा डोजर चलाएको छ ।

सामाखुसीमा पूरै खोला छोप्ने गरी बनाइएका अवैध संरचनाहरु आज हटाउन सुरु गरिएको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो ।

खोला छेउछाउका स्थानीयहरुले भवन निर्माण गर्न ४ मिटर छोड्नु पर्नेमा नछोडिकन खोलामाथि स्लाब ढलान गरी बाटोको रुपमा प्रयोग गर्दै आइरहेको थियो । उक्त संरचना महानगरले आजबाट हटाउन थालेको छ ।

महानगरका अनुसार खोला सहतमाथि कंक्रिटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरु हटाउनुपर्ने भएकोले बसुन्धराबाट हटाउन सुरु गरेको जनाएको छ । 

Categorized in स्थानीय