अफ्रिकी मुलुक नाइजरमा ‘कु’ लागु
SamacharDesk | २०८० श्रावण १२, शुक्रबार

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । नाइजरको कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् ।
सेनाले अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले मुलुकको दैनिक कामकाज चलाउने टेलिभिजन घोषणामा बताएको छ ।
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिँदै देशको संविधान विघटन गरेका छन् ।
नाइजरका राष्ट्रपति बाजुम इस्लामीक आतंकवादविरुद्धको लडाईमा पश्चिमाहरुको प्रमुख साझेदार मानिन्थे ।
सेनाले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गर्नुका साथै देशका सबै संघसंस्थाहरु पनि निलम्बन गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव गरेको बताएका छन् ।
अफ्रिकी युनियनले पनि सैन्इ ‘कु’ को विरोध गरेको छ ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको “अटल समर्थन” व्यक्त गरेको बताईएको छ ।
Categorized in अन्तर्राष्ट्रिय