arin enterprises

नेपाली संगीतकारकाे संगीतमा कुमार शानुको हिन्दि गीत सार्वजनिकः भिडियाेसहित

SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २१, बिहिबार

विशेष गरी नेपालभाषा संगीत क्षेत्रमा चर्चित संगीतकार नील शाक्यको संगीतमा कुमार शानुको हिन्दी गीत ‘शिद्दत’ सार्वजनिक भएको छ ।

‘सांसोकि जरुरत है जैसे’, ‘तु मेरी जिन्दगी है’, ‘सोचेंगे तुम्हे प्यार करके नहिं’ लगायत थुपै चर्चित गीत गाएका बलिउड गायक कुमार शानु र नेपालकी गायिका रानी शाक्यको युगल स्वर रहेको गीत हालै गायिका रानी शाक्यकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गत जुन ३० तारीखका दिन सार्वजनिक भएको यो गीतले आज (जुलाई ४) बिहानको  ११ः३० बजेसम्ममा ६ लाख ६१ हजार ९७१ भ्यूज पाइसकेको छ ।

गीतको म्यूजिक भिडियोको निर्देेशन साथमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । छायाङ्कन मानकृष्ण महर्जनले गरेका छन् भने दृश्य सम्पादन बन्दे प्रसादले गरेका हुन । म्युजिक भिडियोमा अभिषेक खड्का र कुसुम शर्माले अभिनय गरेका छन् ।

गीतका रचनाकार निशिला शाक्य हुन् ।

यो गीतप्रति गायक कुमार शानु पनि ज्यादै उत्साहित रहेको बताएका छन् । उनले मुम्बईबाट पठाएको सन्देशमा यस गीतका गीतकार, सगीतकारलगायत गायिकाको प्रशंसा गर्दै राम्रो गीत बनेकोमा खुशी व्यक्त गरेका छन् ।

गीतका संगीतकार नील शाक्यले पनि कुमार सानु जस्ता गायकसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

यस गीतका संगीतकार नील शाक्य नेपालभाषाको पहिलो म्यूजिक भिडियो ‘लुमंका च्वना छन्त जिं’ का गायक पनि हुन् भने गायिका सपनाश्रीको स्वर रहेको निकै चर्चित नेपालभाषाको गीत ‘स्वयेगु मन जुल रे’ का रचनाकार पनि हुन् ।

Categorized in पेजथ्री