arin enterprises

थाइल्यान्डले ल्यायो कुमारीको बारेमा लघु बृत्तचित्र

SamacharDesk – बिराज | २०७८ आश्विन ८, शुक्रबार

थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले यस पालि कुमारी सम्वन्धि जानकारीमूलक लघु बृत्तचित्र सार्वजनिक गरेको छ ।

यस अघि गुंला पर्व र ईन्द्रजात्रा सम्वन्धि बृत्तचित्र ल्याएको च्यानलले फेरी कुमारी सम्वन्धि बृत्तचित्र ‘स्टोरी अफ लिभिङ गडेस कुमारी’ सार्वजनिक गरेको हो ।

३ मिनेट ४९ सेकेन्ड लामो बृत्तचित्रमा कुमारी छान्ने प्रकृया, ईन्द्रजात्रामा कुमारीको रथ यात्रा आदिको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्मित बृत्तचित्रमा स्क्रीप्ट र सबटाइटल सुवानी चान्दामनोइङपोङको रहेको छ । बृत्तचित्रका निर्माता पाक्नापात श्रीमोनथोकले नै दृश्य सम्पादन समेत गरेकी छन् ।

त्यस्तै कला निर्देशन पिचाइ कुमोनपोन हुन् भने संयोजक कान्फानिट श्रीमोनथोकले गरेका छन् । नेपालबाट दृश्य सामग्रीको साथमा आवश्यक संयोजन र समन्वय थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका राजदूत चिरन शाक्यले गरेका छन् ।

थाइल्यान्डको जीवन शैलीसँग सम्वन्धित विभिन्न भिडियो सामग्रीहरु पस्किरहेको यस थाइ च्यानलले नेपालको संस्कृति सम्वन्धि पनि चासो राख्दै आएको छ । च्यानलले हालसम्म १६ वटा भिडियो सामग्री पब्लिस गरिसकेकोमा नेपालको संस्कृति सम्वन्धि ५ वटा छन् ।

Categorized in पेजथ्री