arin enterprises

‘क्यब्व अन्तर बिद्यालय हिज्जे प्रतियोगीता’ सम्पन्न

SamacharDesk – बिराज | २०८० आश्विन १, सोमबार

विभिन्न विद्यालयका विद्यार्थीहरु बीच भएको क्यब्व अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सिनियरतर्फ फ्युचर स्टार इङलिस स्कूल र जुनियरतर्फ काठमाडौं मोडल स्कूलले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

गत आइतबार सम्पन्न प्रतियोगीतामा सिनियरतर्फ दोश्रो स्थानमा काठमाडौं मोडेल स्कुल र तेश्रो स्थानमा टाइम्स् इन्टरनेशनल स्कुल पर्न सफल भएको थियो । त्यस्तै स्वयम्भू इङ्लिस बोर्डिङ् स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो ।

त्यसैगरी जुनियरतर्फ टाइम्स इन्टरनेशनल दोश्रो र फ्युचर स्टार इंगलिस स्कुल तेश्रो भएको हो । स्वयम्भू इंगलिस् बोर्डिङ् स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्यो ।

विभिन्न विद्यालयको संयुक्त समूह ‘क्यब्व’ दि गार्डेन फर लर्नर्सको संयोजन र खुसिबुँस्थित काठमाडौं मोडेल स्कुलको आयोजनामा भएको प्रतियोगीतामा समूहको सदस्य विद्यालयहरुको सहभागीता रहेको थियो ।

विजयी तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई “क्यब्व” दि गार्डेन फर लर्नर्सया संयोजक मनोज कुमार श्रेष्ठ, आयोजक काठमाडौं मोडेल स्कुलका निर्देशक राजेन्द्र महर्जनको साथै समूहका सदस्य विद्यालयका प्रतिनिधिहरुले प्रमाण पत्र, मेडल र ट्रफि प्रदान गरे ।

मन्तव्यको क्रममा समूहका संयोजक श्रेष्ठ र आयोजक स्कूलका निर्देशक राजेन्द्र महर्जनले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्र सिमीत नगरी अतिरिक्त क्रियाकलाप वा विभिन्न मनोरन्जनात्मक माध्यमबाट पनि सिकाइमा लग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक काठमाडौं मोडल स्कूलका प्रिन्सिपल रविन महर्जन, क्यब्वका सदस्य विद्यालय स्वयम्भू इङलिस बोर्डिङ स्कुलकबा विनोद श्रेष्ठ, टाइम्स इन्टरनेशनल स्कुलका एकेडेमिक डिरेक्टर ज्ञानकाजी महर्जन लगायतको उपस्थिती रहेको थियो ।

Categorized in समाज