arin enterprises

कोरोनाको कारण मृत्यु भएकी महिलाको शिशुमा कोरोना नेगेटिभ

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

कोरोनाभाइरसबाट मृत्यु भएको भनिएकी सिन्धुपाल्चोककी महिलाको १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा उनीहरुको पिसिआर परीक्षण गरिएको थियो भने सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।

मृतक २९ वर्षीय सुत्केरी महिलामा कोभिड १९ संक्रमण भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो ।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चे घर भएकी महिलाले वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी थिइन् । त्यहाँवाट उनी सिन्धुपाल्चोक घरमा फर्केकी थिइन् ।

घर पुगेपछि ज्वरो साथै श्वासप्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उनलाई उपचारका लागि धुलिखेल ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

Categorized in समाज