arin enterprises

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २२, शनिबार

पोखरामा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

कास्की पोखरा महानगरपालिका–२९ आदर्श चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको हो ।

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग.२१ प १५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रानालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालामा उपचार भइरहेको प्रहरीले बताएको छ । 

Categorized in समाज