बार्सिलोनाद्वारा लेगानेस परजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३, बुधबार

स्पेनिस ला लिगाको मंगलबारको खेलमा बार्सिलोनाले लेगानेसमाथि जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २(० ले पराजित गरेको हो ।
खेलको पहिलो हाफको ४२ औं मिनेटमा १७ वर्षीय अन्सु फातीले बार्सिलोनाको लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।
यो समेत गरी जारी सिजनमा फातीको पाँच गोल भएको छ ।
त्यस्तै दोश्रो हाफको ६९ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गर्दै अग्रता दोव्वर बनाए
बाँकि समयमा दुवै पक्षबाट थप गोल हुन नसकेपछि बार्सिलोनाले २(० को नतिजा सहित खेल आफ्नो पक्षमा पारेको छ ।
जितसँगै लिगमा बार्सिलोनाले रियल मड्रिडसँग ५ अंकको दुरी बनाएको छ । तर मड्रिडले बार्सिलोनाको भन्दा एक खेल कम खेलेको छ ।
लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलवाट ६४ अंक छ । दास्रो स्थानको रियाल म्याड्रिडको २८ खेलवाट ५९ अंक छ ।
Categorized in स्पाेर्ट्स