arin enterprises

‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु

SamacharDesk | २०८१ जेठ २४, बिहिबार

ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु गरेको छ ।

अभियानमार्पmत नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने जनाएको छ । बिहीबार ललितपुरमा एका कार्यक्रमकाबीच ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले घरघरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताउनु भयो ।

उहाँले यस अभियानले जनप्रतिनिधिहरु चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताउनु भयो ।

उहाँले नागरिकहरुले दुःखका कुराहरु नगरप्रहरीमार्फत जनप्रतिनिधिहरुलाई सुनाउनसक्ने बताउनु भयो । नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उहाँको विश्वास छ ।

यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् । प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरुको गुनासा र सुझावहरुबारेमा बिफ्रिङ लिने बताउनु भयो ।

Categorized in स्थानीय
SKIP THIS buddhan jayanti 2082