arin enterprises

गोदावरीमा जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको सुरुवात

SamacharDesk – बिराज | २०८२ बैशाख २६, शुक्रबार

ललितपुरस्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ ।

गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी नगर प्रमुख गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधान नै अन्तराष्ट्रिय स्तरमा बढी प्रभाबकारी देखिएको बताए ।

‘यस स्थानमा जैबिक प्रबिधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएको छ । पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग बिस्तार गर्दै जानुपर्छ’ नगर प्रमुख महर्जनले भने ।

वडा नं २ का अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रबिधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभाबकारी सिद्ध भएको हुँदा यसले प्रभाबारी काम गर्ने उल्लेख गरे ।

गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राबिधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो ।

काठमाडौँ उपत्यकामा पछिल्लो समयमा पहिरोको प्रकोप बढदै गएको छ । अघिल्लो बर्षको अत्याधिक बर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षति भएको थियो ।

कार्यक्रममा गोदावरी नगरपालिका कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ्ग, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, पुर्व वडाध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

Categorized in स्थानीय
SKIP THIS buddhan jayanti 2082