arin enterprises

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्ती

SamacharDesk | २०८० कार्तिक २६, आइतबार

महाकवि लक्ष्मीप्रसाद देवकोटको १ सय १५ औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईदै छ ।

साहित्य समाजको विम्म मानिने कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।

देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् ।

‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए ।

देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए । अहिले उनी जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ ।

Categorized in राष्ट्रिय