arin enterprises

नेता प्रभाकरलाई पनि कोरोना संक्रमण

SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

नेकपा नेता साथै पूर्व उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ ।

आज फेसबुकमा स्टाटस अपडेट गर्दै प्रभाकरले आफलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।

सोही स्टाटसमार्फत नेता प्रभाकरले केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुले सतर्क रहन र समस्या देखिएमा परिक्षण गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रभाकरको साथमा उनकी पत्नी लक्ष्मीलाई पनि संक्रमण देखिएको बताइएको छ ।

हिजो मात्रै जसपा नेता, पूर्व माओवादी साथै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमिलाई कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

Categorized in राजनीति