५२ बर्ष पछि लेस्टर सिटी एफए कपको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ६, सोमबार

लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा लाई साउथह्याम्टनलाई १–०ले पराजित गर्दै लेस्टर सिटीले ५२ बर्ष पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
वेम्बली स्टेडियम खेलिएको खेलमा लेस्टरको लागि केलेची इहानाचोले निर्णायक गोल गरे । उनको ५५ औं मिनेटमा गोल गरेको थियो ।
लेस्टर सिटीले उपाधिको लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । एफए कपको फाइनल खेल १५ मेका दिन वेम्बली स्टेडियममा हुनेछ ।
यस अघि लेस्टर सिटी १९६९मा फाईनल पुगेको थियो ।
Categorized in स्पाेर्ट्स
