ब्रेमेनमाथि लेभरकुजेनको सहज जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ६, मंगलबार

जर्मन बुन्डेसलिगा अन्तर्गत वायर लेभरकुजेनले वेर्डर ब्रेमेनमाथि सहज जित हात पारेको छ ।
ब्रेमनको घरेलु मैदानमा लेभरकुजेनले सोमबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई ४(१ गोलले पराजित गरेको हो ।
खेलमा काइ हाभर्टले खेलको २८ औं मिनेटमा गोल गरी लेभरकुजेनलाई १(० अग्रता दिलाएको थियो ।
त्यसको दुई मिनेटपछि नै अर्थात ३० औं मिनेटमा घरेलु टोली ब्रेमेनका लागि थियोडोर सेलासीले गोल गर्दै खेललाई १(१को बराबरीमा ल्याए ।
तर खेलको ३३औं मिनेटमा नै फेरी हाभार्डले नै दोस्रो गोल गर्दै लेभरकुजनलाई टिमलाई २(१ को अग्रता दिलाए ।
वेइजरले ६८औं मिनेटमा र डिमिर्बेले ७२औं मिनेटमा १-१ गोल थपेर लेभरकुजनलाई ४(१ को जित दिलाए ।
कोरोना भाइरसको महामारीवीचमै गत शनिबारदेखि दर्शक विना नै सुरु भएको यो लिगमा २६औं चरणका खेलहरु सकिएका छन् ।
लिगको अंक तालिकामा लेभरकुजेनले २६ खेलबाट ५० अँक जोडेर पाँचौ स्थानमै यथावत छ ।
लिगको शीर्ष स्थानमा रहेको वायर्न म्युनिखको ५८, दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको ५४, तेस्रो स्थानको बोरुसिया म्गाबाचको ५२ र चौथो स्थानको आरबी लेइपजिङको ५१ अंक छ ।
Categorized in स्पाेर्ट्स