लिबियामा बाढीबाट २० हजारको मृत्यु भएको आशंका
SamacharDesk | २०८० भाद्र २८, बिहिबार
पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ ।
अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । लिविया सरकारले अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
बाढीमा परी ज्यान गुमाएकालाई ठूलो क्षेत्रमा सामुहिक रुपमा गाडिएको छ । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताइएको छ ।
बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्थापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ ।
भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय